२५ फागुन, पर्वत । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले इन्फुल्एन्जाबाट सर्तक रहन सर्वसाधारणलाई अपिल गरेको छ । जलवायु परिवर्तनका समयमा इन्फुलएन्जाको सम्भावना बढी हुने हुँदा जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सो अपिल गरेको हो । स्वास्थ्य कार्यालयले पत्रपकार सम्मेलन आयोजना गरी सो अपिल गरेको हो । यतिखेर बर्डफ्लु र स्वाइर्नफ्लु सर्ने सम्भावना रहेकाले ती रोगबाट बच्न सबै सजग हुनुपर्छ जिल्ला जनस्वास्थ्य अधिकृत गौरव ढकालले पत्रकार सम्मेलनमा भन्नुभयो ।
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७३