काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेन्शसलाई बर्खास्त गरेका छन् ।
ट्वीटरमार्फत दिइएको जानकारी अनुसार ट्रम्पले सेन्शसलाई हटाएर आफ्नो प्रमुख स्वकीय सचिव म्याथ्यूलाई अस्थायी जिम्मेवारी दिएका छन् ।
यसअघि सेन्शसले राष्ट्रपति ट्रम्पको आग्रहमा राजीनामा दिन लागेको बताएका थिए ।
ट्रम्पले ट्वीटरमार्फत् जेफ सेन्शसलाई सेवा गरेकोमा धन्यवाद दिएका छन् । सेन्शसले पनि राष्ट्रपति ट्रम्पप्रति आभार व्यक्त गरेका छन् ।
सेन्शसले गत वर्ष अमेरिकी चुनावमा रुसको हस्तक्षेपबारे अनुसन्धानको लागि आफै पदबाट अलग भएको घोषणा गरेका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५