काठमाडौं । राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरी द्वन्द्वरत मध्यअफ्रिकी देश कंगोमा खटिने भएको छ ।
डिएसपी सुरेश काफ्ले र इन्स्पेक्टर तुलसा खतिवडाको नेतृत्वमा आगामी महिना प्रहरी कंगो जान लागेको नेपाल प्रहरीको संयुक्त राष्ट्रसंघ शाखाले जनाएको छ ।
सन् २००१ मा रमेशचन्द्र ठकुरी र बाबुराम गुरुङ कंगो गएका थिए । त्यसको लामो समय पछी १७ वर्षपछि फेरि नेपाल प्रहरी पर्यवेक्षकका रुपमा कंगोमा खटिन लागेको बझिएको छ ।
कंगो पठाईने प्रहरीका निम्ति फ्रेन्च भाषा अनिवार्य गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०७५