फागुन २१, काठमाडौँ । आज देशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । पश्चिमी वायुको प्रभावले विशेषगरी पहाडी भेगमा पानी पर्ने अनुमान गरिएको मौसमविद शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार उच्च पहाडी क्षेत्रमा हिमपातको संभावना पनि छ । आज देशभरीकै मौसम बदली हुने उहाँको अनुमान छ । दिनभरी मौसम बदली भएपनि बेलुकीपख भने खुल्ने मौसमविद कँडेलले बताउनुभयो । भोलिदेखि भने देशभरीकै मौसम सफा हुने उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७३