काठमाण्डौं । बन्धक बालबालिका छुटाउन गएका प्रहरीहरुमाथि अमेरिकामा अन्धाधुन्ध गोली प्रहार भएको छ । गोली प्रहारबाट घाइते ७ प्रहरी अधिकारी घाइते भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
अमेरिकाको दक्षिण क्यारोलिनामा बन्दुकधारीहरुले बन्धक बनाएर राखेका बालबालिकालाई प्रहरीले छुटाउन खोज्दा अन्धाधुन्ध गोली प्रहार भएको हो ।
बन्धक बनाइएका बालबालिहरुको भने सकुशल उद्धार गरिएको छ ।
बालिका बन्धक बनाउनहरुको पहिचान हरन नसकेको र त्यसरी गोली चलाउनुको कारण अहिलेसम्म नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रकाशित मिति: बुधबार, असोज १७, २०७५