प्योङयाङ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन उत्तर कोरिया पुगेका छन् । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङउनसँगको शिखर वार्तामा सहभागी हुनका लागि राष्ट्रपति मुन उत्तर कोरिया पुगेका हुन् ।
मुन जाए इन दम्पतीलाई उत्तर कोरियाका सर्वोच्च नेता किमका दम्पतीले स्वागत गरेको थियो । दुई नेताहरूबीच कोरियन प्रायद्वीपमा परमाणु निशस्त्रिकरणमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
यो वर्षको सुरुवातदेखि नै उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकासँग लगातार उच्चस्तरीय छलफल गरिरहेको छ । पछिल्लो समय अमेरिकासँगको वार्तामा केही बाधा आएको बेला दक्षिण कोरियाका राष्ट्रपति उत्तर कोरिया पुगेका हुन् । दक्षिण कोरियाका राष्ट्रपतिले पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीच समन्वयात्मक भूमिका खेलिरहेका छन् ।
श्रीमति किम जङ सुकसँग उत्तर कोरियाको राजधानी प्योङयाङमा मंगलबार बिहानै पुग्दा उनको स्वागतमा सयौँ उत्तर कोरियाली जनताले स्वागतमा उभिएका थिए भने सेनाले सलामी दिएको थियो । किम जोङ उन र किम जाए मुनको यो तेस्रो छलफल हो । उनीहरू सुरुमा शिखर सम्मेलनका क्रममा यसै वर्ष भेट भएको थियो । दुवै नेताबीच परमाणु निशस्त्रिकरणलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल हुने बताइएको छ । तर, उनीहरूले भने के बारेमा छलफल गर्न लागेका हुन् भन्ने सार्वजनिक गरेका छैनन् ।
प्रकाशित मिति: सोमबार, असोज १, २०७५