१९ फागुन, काठमाडौँ । चीनको जिआङ्गसु प्रान्तमा बुधबार अपराह्न तूफानी मौसमको कारण छ व्यक्तिको मृत्यु हुनको साथै अन्य २० जना घाइते भएका स्थानीय अधिकारीले बिहीबार जानकारी दिएको छ । चीनको जिआङ्गसु प्रान्तको विसी र यान्चेङ्ग सहरमा प्रतिघन्टा ११० किलोमिटरको गतिले तूफान आएको बताइएको छ । यस घटनापरी घाइते भएका २० व्यक्तिको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । यस प्रकोपपछि स्थानीय सरकारले सङ्कटकालीन उद्धारको व्यवस्था मिलाएको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७३