वासिङटन । अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार जर्ज पापाडोपउलोसलाई १४ दिनको जेल सजाय सुनाइएको छ ।
अमेरिकी अदालतले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनका क्रममा रसियाको संलग्नता सम्बन्धी अनुसन्धानका क्रममा अमेरिकी जाँच एजेन्सी (एफबिआइ) लाई झुटो बोलेको आरोपमा उनलाई सजाय दिइएको बताइएको छ । जर्जले एफबिआइलाई मस्कोसँगको सम्बन्ध र भेटघाटको समयका बारे गलत सूचना प्रदान गरेको बताइएको छ ।
एफबिआइले २०१७ जनवरीमा जर्जसँग सोधपुछ गर्दा उनले दुई रसियनहरुलाई ट्रम्पको टोलीमा संलग्न हुनु भन्दा अघि भेटेको बताएका थिए । तर वास्तवमा उनले ती रसियन अधिकारीहरुलाई ट्रम्पको टोलीमा आइसेको पछि भेटेका थिए ।
निर्वाचनका क्रममा रसियाको हस्तक्षेपका बारेमा पक्राउ पर्ने उनी ट्रम्पका पहिलो निकट सहयोगी थिए । पापाडोपउलोसलाई ९ हजार ५ सय अमेरिकी डलर र दुई सय घण्टा सामाजिक कार्य गर्न पनि अदालतले भनेको छ ।
पापाडोपउलोसले प्रोफेसर जोसेफ मिफसडलाई भटेको र जोसेफले अमेरिकी राष्ट्रपति निर्वाचनकी प्रतिस्पर्धी हिलारी किल्नटनको इमेलका बारे जनाकारी दिएका थिए । पछि उनले इमेल सम्बन्धी कुरा ट्रम्प लगायाका रिपब्लिकन नेताहरुलाई बताएका थिए ।
उनले डोनाल्ड ट्रम्पलाई रसियाका राष्ट्रपति भलादमिर पुटिनबीच भेट गराउन भनेको त्यो प्रस्ताव ट्रम्पले एक प्रकारले स्वीकार गरेको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले भने उनलाई सजाय दिइएकोमा आश्चर्य व्यक्त गरेका छन् ।
जर्जले अदालतमा यो मुद्दाले उनको जीवनमा निकै तनाव सिर्जना भएको भन्दै जीवन सुधार्न दोस्रो मौका पाउने आशा व्यक्त गरेको बिबिसीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०७५