फिजी । आइतबार बिहान फिजीको पूर्वी लेभुका क्षेत्रमा ८.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । फिजी र तोङ्गा नजिकैको प्रशान्त महासागरमा सो शक्तिशाली भूकम्पको मापन गरिएको हो ।
अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्प जमिनको सतहभन्दा पाँच सय ५९ किलोमिटर गहिराइबाट गएको हो ।
अमेरिकी सुनामी चेतावनी केन्द्रले भूकम्प अत्यधिक गहिराइबाट गएका कारण सुनामीको खतरा भने नरहेको बताएको छ । केन्द्रले सुनामीको सानो छाल आएपनि यसले कुनै क्षति नपुगेको जानकारी दिएको छ ।
अमेरिकी भूगर्भ विभागकी जियोफिजिस्ट जाना पर्सलेले आफूले क्षतिको त्यति आशा नगरेका जनाएकी छन् ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०७५