काठमाडौं । सिरियाको एक हतियार भण्डारण केन्द्रमा विस्फोट हुँदा ३९ जना सर्वसाधारणको ज्यान गएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार हतियार तस्करले हतियार भण्डारण गर्दै आइरहेको भवनमा विस्फोट भएको जनाएका छन् । भवनमा सिरियाको मध्यहोम्स प्रान्तबाट विस्थापित भएर आएकाहरु बस्दै आइरहेको बताइएको छ ।
उत्तरपश्चिम प्रान्त इदलिवमा भएको विस्फोटमा १२ बालबालिका सहित ३९ को ज्यान गएको हो ।
बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमनकर्ताहरुले विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको दावी गरेका छन् ।
भग्नावशेषमा फसेकाहरुको उद्धार तथा खोजी कार्य भइरहेको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २७, २०७५