जोहानेसबर्ग । चिनियाँ राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार औपचारिक भेटवार्ता भएको छ ।
गएको बुधबारदेखि ब्रिक्सको १० औँ सम्मेलनका क्रममा दक्षिण अफ्रिकामा रहेका बेला दुबै देशका राष्ट्रपतिबिच भेटघाट भएको हो ।
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा ‘विश्वमा आर्थिक समृद्धिका लागि समावेशी आर्थिक विकास’ भन्ने नाराका साथ उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरुको संगठन ब्रिक्सको १० औँ सम्मेलन जारी छ । सो सम्मेलन आजै सम्पन्न हुँदैछ ।
उक्त सम्मेलनमा सहभागिताका लागि ब्रिक्स आबद्ध अरु देशका राज्य प्रमुखहरु पनि त्यहाँ पुगेका छन् ।
दुई राष्ट्रपतिबिच विश्वको पछिल्लो समसामयिक राजनीतिक अवस्थाका साथै दुई देशको आपसी सम्बन्धका विषयमा कुराकानी भएको प्राप्त समाचारमा जनाइएको छ ।
ब्रिक्समा ब्राजिल, रुस, भारत, दक्षिण अफ्रिका र चीन सदस्य छन् । यी देशलाई विश्वमा उदाउँदो अर्थतन्त्र भएका देशका रुपमा लिइन्छ ।
प्रकाशित मिति: बिहीबार, साउन १०, २०७५