१४ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई पितृ शोक परेको छ । गाउँलेका बुवा देवीप्रसाद कोइरालाको शनिबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उहाँको शनिबारनै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । यसैबीच प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं अर्थतन्त्र डटकमका प्रधान सम्पादक रामेश्वर कार्कीलाई पुत्र शोक परेको छ । शुक्रबार बेलुका संगठनको काम सकेर धादिङबाट काठमाडौं फर्किने क्रममा काठमाडौँको बाफलमा बाटो काट्दैगर्दा कार्की, उहाँकी श्रीमति सुभद्रा र छोरा सुलभलाई पानी बोक्ने ट्यांकरले ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते दुई जनाको अवस्था उपचारपछि समान्य रहेको छ । १० महिनाका सुलभको उपचारका क्रममा अन्तर्राष्ट्रियमैत्री बाल अस्पताल महाराजगञ्जमा शनिबार बिहान ३ बजे निधन भएको परिवारले जनाएको छ । सुलभको पनि शनिबार नै पुशपतिमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ । ठक्कर दिने बा ३ ख ३००६ नम्बरको ट्यांकर र मकवानपुर घर भएका चालक विजय लामा प्रहरीले नियन्त्रणमा छन । लामालाई कालीमाटी प्रहरीले सावरी ज्यान मुद्दा चलाउने तयारी गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७३