हवाना । केही बर्षयता क्युबामा भ्रष्टाचार एक जटिल समस्या बनिरहेको बेला क्युबाली राष्ट्रपति माइगेल दायज क्यानेलले सम्पूर्ण देशवासीलाई भ्रष्टाचार र अपराधका विरुद्ध लड्न आग्रह गरेका छन् ।
संसदको बैठकलाई आइतबार सम्बोधन गर्दै उनले देशमा व्याप्त भ्रष्टाचार र आपराधिक क्रियाकलापहरुका विरुद्धमा लड्न सबै देशवासीलाई आग्रह गरेको समाचारमा जनाइएको छ ।
उनले भ्रष्टाचारका विरुद्धमा लड्नु भनेको सरकारको या प्रहरीको मात्र काम होइन भन्दै सबै देशवासीले नै यसमा सहयोग गरेमा मात्र देशमा सुशासन र भ्रष्ट्राचारमुक्त समाज निर्माण सम्भव रहेकोमा जोड दिएका हुन् ।
समाजमा अपराधका घटनामा भएको बृद्धिलाई ध्यानमा राखेर सबै सर्वसाधारण नागरिकले शान्ति सुरक्षा कायम राख्ने प्रहरीको काममा सहयोग पु¥याउन पनि उनले सबैलाई आग्रह गरेका थिए ।
यहाँको महालेखा परीक्षकसम्बन्धी गतवर्षको एक प्रतिवेदनले बताए अनुसार गतवर्ष मात्र यहाँका करिब ३६१ ओटा सरकारी निकायमा आर्थिक अनियमितता भएको पाइएको थियो । जसबाट कम्तीमा पनि १ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको पनि उक्त कार्यालयको पछिल्लो प्रतिवेदनमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०७५