ब्रसेल्स । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो शत्रु नभएको तर प्रतिष्पर्धी भएको बताएका छन् ।
एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेटेका ट्रम्पले बिहीबार यस्तो बताएका हुन् ।
कसैले उनलाई सोध्यो ‘के पुटिन तपाईको सत्रु हुन् ?’ उनले भने, ‘होइन, पुटिन मेरो सत्रु होइनन् ।’
‘त्यसो भए के पुटिन तपाइको साथी हुन् त ?’ यसमा पनि उनले भने, ‘होइन । मैले उनलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।’
‘पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उनले रुसको प्रतिनिधित्व गर्छन्, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,’ ट्रम्पले भने, ‘आशा गरौँ, उनी मेरो साथी बन्नेछन् । अहिले भने चिनेको छैन ।’
बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिएका हुन् ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०७५