१२ फागुन, काठमाडौँ । काठमाडाैँ विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सहमतिमा स्ववियुको घोषणा भएको छ । बिहीबार क्याम्पसमा क्रियाशिल सबै विद्यार्थी संगठनको सहमतिमा विश्वविद्यालयले कार्यसमितिको घोषणा गरेको हो । अनेरास्ववियुको उम्मेद्वार सुन्दर लामाको नेतृत्वमा सबै संगठनको प्रतिनिधित्व हुने गरी सहमतिमा स्ववियुको घोषणा गरिएको अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले जानकारी दिनुभयो ।
बिहीबार कक्षा प्रतिनिधिको बैठकबाट सबै विद्यार्थी संगठनहरुको एकता कायम राख्दै काठमाण्डाैँ विश्वविद्यालयमा सर्वदलिय रुपमा अनेरास्ववियुको सभापति, सह–सचिव र कोषाध्यक्ष सहित बहुमत स्ववियु सदस्य, नयाँ शक्ति, विप्लब निकट क्रान्तिकारी र माओवादी केन्द्र निकट क्रान्तिकारीको एक–एक उप–सभापति र सदस्य, ने.वि. संघको सचिव, सहचिव सहित २ स्ववियु सदस्य रहने गरी स्ववियु गठन गरिएको छ ।
यो निर्वाचनले देश भरिको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एउटा मैत्रीपूर्ण सन्देश दिन सफल भएको प्रवक्ता शर्माले बताउनुभयो । उहाँले फागुन १८ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गत हुन गैरहेको स्ववियु को निर्वाचनमा सक्दा सर्वसहमतिको रुपमा नभए पनि स्वच्छ प्रतिस्पर्धा मार्फत विद्यार्थी प्रतिनिधि चुन्ने कार्यमा सबैलाई प्रेरणा मिल्ने बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७३