१२ फागुन, काठमाडाैँ । प्रहरीले गौशला क्षेत्रका लागि नयाँ ट्राफिक रुट सार्वजनिक गरेको छ । महाशिवरात्री पर्वको अवसरमा पाशुपत क्षेत्रमा लाग्ने दर्शनार्थीको भिडलाई मध्यनजर गरी ट्राफिक प्रहरीले गौशाला क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको छ । गौशाला क्षेत्र हुँदै चल्ने सवारीका लागि बिभिन्न डाइभर्सनको व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ । गौशालातर्फ आउने सवारीलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर मैतिदेवी मोड, सिफल चौर, गौरीघाट, तिलगंगा र चुच्चेपाटीबाट डाईभर्सन गरिने छ । त्यस्तै तिनकुनेबाट र गोपिकृष्णबाट गौशाला आउने मालबाहक सवारी साधनलाई चावहिल र तिनकुनेबाटै प्रवेशमा रोक लगाइने छ । उता नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने मालबहाक सवारी साधन तथा पानी ट्याङकर पनि गौशाला क्षेत्र प्रवेश गर्न सक्ने छैनन् । सवारी साधन लिएर मन्दिर जाने दर्शनार्थीहरुको लागि तिलगंगा, अमालकोट, सिफलचौर, कोषको कार्यालय र गौरीघाटमा पार्किङ्गको व्यवस्था मिलाइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७३