जेनेभा । यमनमा भएको द्वन्द्वका कारण हालसम्म दुई हजार दुई सय बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय निकायले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा तीन वर्षदेखिको द्वन्द्वका क्रममा यति ठूलो संख्यामा बालबालिका मारिएको उल्लेख छ ।
द्वन्द्वको चपेटामा परेर अरू कैयौँ बालबालिका भोकमरीमा पर्नुका साथै विस्थापितसमेत भएको प्रतिवेदनमा जनाइएको छ ।
राष्ट्रसंघअन्तर्गतको बालबालिकासम्बन्धी निकायका कार्यकारी निर्देशक हेनरिट फोरले द्वन्द्वका कारण यमनका बालबालिकामा परेको असरले मुलुकलाई नै नराम्रो अवस्थातर्फ धकेलेका बताए ।
द्वन्द्वका क्रममा ३४ हजार बालबालिका घाइते भएको पनि राष्ट्रसंघीय निकाय युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
यमनमा सन् २०१५ देखि द्वन्द्व शुरु भएको हो ।
प्रकाशित मिति: बुधबार, असार २०, २०७५