क्वालालम्पुर । भ्रष्टाचारको आरोप लागेका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाक मंगलबार पक्राउ परेका छन् । उनलाई सत्तामा रहँदा राज्यकोषको दुरुपयोग गरेको आरोप लागेको थियो ।
भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने आयोगका तर्फबाट उनलाई अनुसन्धान तथा सोधपुछका लागि पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् । ६४ वर्षीय रज्जाकविरुद्ध बुधबार अभियोग दर्ता गरिने भएको छ ।
भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको निर्वाचनमा उनको सत्तारुढ गठबन्धन पराजित भएको थियो । त्यससँगै रज्जाक सत्ताबाट बाहिरिएका थिए ।
रज्जाकलाई पक्राउ गर्नु केही दिन पहिले उनकी अत्यन्त भोगविलासी श्रीमती रोश्माह मन्सुर, सौता तर्फको छोरो रिज अजिज र पूर्वसहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानका लागि सोधपुछ गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०७५