दक्षिण सुडान र त्यहाँका विद्रोहीबीच भएको शान्ति सहमतिको सुडानमा रहेका राजनीतिक दल, अधिकारवादीहरु, छिमेकी अफ्रिकी देश तथा विश्व समुदायले नैं स्वागत गरेका छन् ।
गत बुधबार दक्षिण सुडानी राष्ट्रपति साल्भा किर र त्यहाँ हिंसात्मक विद्रोह गरिरहेको संस्थाका नेता रिक माचारले सशस्त्र विद्रोहको स्थायी युद्धविराम गर्ने सहमति गरेका थिए ।
सुरुमा युद्धविराम र त्यसपछिको शान्ति वार्ताको सहमतिलाई एउटा महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको समाचारमा जनाइएको छ । बुधबार भएको भनिएको स्थायी युद्धबिराम सम्झौता ७२ घण्टापछि कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन् ।
दक्षिण सुडानमा लामो समयदेखि हिंसा जारी छ । सुडानबाट छुट्टिएर बनेको उक्त देशमा स्वतन्त्र भएसँगै हिंसात्मक विद्रोह सुरु भएको थियो । यस हिंसालाई बुधबारको शान्ति सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति: बुधबार, असार १३, २०७५