अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ ।
यसअघि अमेरिकाको तल्लो अदालतले उक्त फैसला असंवैधानिक भएको ठहर गरेको थियो ।
गत वर्ष मुसलमान बाहुल्यता भएका ६ देशसहित ८ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाइएको थियो । तर त्यसको केही समयपछि इरान र चाडमाथिको प्रतिबन्ध फुकुवा गरिएको थियो । देशमाथि प्रतिबन्ध लगाइने निर्णयलाई शरणार्थी सम्बन्धित तथा अन्य मानवअधिकारवादी संस्थाहरुले बिरोध गरेका थिए तर त्यहाँको सर्वोच्च अदालतले ट्रम्पको निर्णय सदर गरिदिएको छ ।
एकपछि अर्को धक्का खाइरहेका ट्रम्पको पक्षमा भएको यो फैसलालाई उनको अहिलेसम्मकै ठूलो जितका रुपमा विश्लेषण गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०७५