काठमाडौं । टर्कीको राष्ट्रपतिमा रिसेप तैयेप अर्दोगान दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
निकटतम् प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३१ प्रतिशत मत मात्र प्राप्त गर्दा अर्दोगानले ५३ प्रतिशत मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।
अर्दोगानले आफ्नो पार्टी एक पार्टीको शासकीय गठबन्धनले संसद्मा समेत बहुमत सुरक्षित गरेको दाबी गरेका छन् तर विपक्षीले उनको दाबी गलत भएको बताएको छ ।
निर्वाचनमा विजयी भएपछि असफल सैनिक कू पछि संसद् समेतको शक्ति हत्याएर विपक्षी आवाजलाई निस्तेज बनाएको आरोप खेपिरहेका अर्दोगानको सत्ता थप पाँच वर्ष लम्बिने निश्चित भएको छ ।
सन् २०१६ को जुलाईमा गरिएको असफल सैन्य कू पछि टर्कीमा संकटकालीन अवस्था जारी रहेको छ ।
प्रकाशित मिति: आइतबार, असार १०, २०७५