११ फागुन, काठमाडौँ । भियतनामका स्वास्थ्य मन्त्रीले एचआईभी÷एड्सको रोकथाम, सचेतना र उपचारका लागि नयाँ रणनीति अप्नाउन आह्वान गर्नुभएको छ । यस सम्वन्धी कार्यक्रमलाई जेल, दुर्गम र गरिवीमा रहेकालाई प्राथमिकता दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । भियतनामको एचआइभी÷एड्स रोकथाम तथा नियन्त्रण निकायका प्रमुख न्युयन होङ लङले एचआइभी÷एड्स रोकथाम तथा नियन्त्रणका लागि अप्नाइएको रणनीतिमा सुधार गर्नुपर्ने र उपचार सेवालाई थप गुणस्तर बनाउनुपर्ने बताउनुभयो । भियतनामको सरकारी समाचार संस्था भिएनएसँगको कुराकानीमा उहाँले भियतनाममा झन्डै दुई लाख पाँच हजार जना एचआइभी सङ्क्रमित भएको सरकारी तथ्याङ्क रहेको जानकारी दिनुभयो । तीमध्ये एक लाख १५ हजार ५९४ जनालाई मात्रै उपचारको शिलशिलामा रहेका उहाँले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७३