बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन दुई दिने भ्रमणमा मङ्गलबार चीन जाँदैछन् ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार तर उनी बुधबार मात्र राजधानी बेइजिङ पुग्नेछन् । गत मार्च महिनायता किमको यो तेस्रो चीन भ्रमण हो ।
भ्रमणमा चिनियाँ राष्ट्रपतिसँग उनले ग्रेट हल अफ पिपुल्समा भेटवार्ता गर्ने कार्यक्रम रहेको र सो क्रममा उत्तर कोरियामाथिको प्रतिबन्ध, शिखर वार्तामा कोरियाली प्रायद्वीपको परमाणु निःशस्त्रीकरणका विषय र त्यसमा आफूले गरेको प्रतिबद्धताका विषयमा छलफल गर्ने अनुमान गरिएको छ ।
नेता किमले यही जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न गरेका थिए ।
प्रकाशित मिति: सोमबार, असार ४, २०७५