अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबिच भएको शिखर वार्ताका क्रममा ट्रम्पले किमलाई वासिङ्टन भ्रमणको निम्तो दिएको उत्तर कोरियाको समाचार संस्थालाई उद्धृत गर्दै वीवीसीले जनाएको छ ।
सिंगापुरमा मंगलवार दुई नेताबीच भएको शिखर बैठकका बेला ट्रम्पले भ्रमणको निम्तो दिएका थिए । किमले पनि प्योङयाङको भ्रमण गर्न ट्रम्पलाई निम्तो दिएको र दुवै नेताले प्रशन्नतापूर्वक एक अर्काको निम्तो स्वीकारेको जनाइएको छ ।
प्योङयाङ र वाशिङटनबीच आउने हप्ताहरूमा थप छलफल हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५