अफगानिस्तानको काबुलमा भएको एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । अरु कम्तीमा ३१ जना घाइते भएको हुनसक्ने अधिकारीहरूले अनुमान गरेका छन् । कार्यालयको काम सकेर रमजान मनाउन घर तर्फ जानका लागि बसको प्रतिक्षामा रहेकाहरूमाथी बम आक्रमण भएको बताइएको छ ।
स्थानीय समयअनुसार दिउसो एक बजेतिर आक्रमण भएको र कार्यालयका कर्मचारीहरूलाई नै लक्षित गरेर आत्मघाती आक्रमण गराइएको प्रहरीका प्रवक्ता हस्मात स्टानिक्जाइले बताउनु भयो ।
आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आईएस)ले लिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५