काठमाडौं । जी–सेभेन सम्मेलनमा सहमती गरेका बिषयहरु बाट अमेरिका बाहिरिएको छ । अमेरिका माथी अरु देशहरुले लुटिरहेका आरोप लगाउदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो पूर्ववत निर्णय बाट पछि हटेको घोषणा गरेका छन ।
अमेरिकाको तर्फबाट आल्मुनियम र स्टिलमा भारी शुल्क लगाएपछि जी सेभेन बैठकले ‘नियममा आधारित व्यापार प्रणाली’मा जोड दिएको छ । सो सम्बन्धि निर्णय क्यानेडाका प्रधानमन्त्रीले सार्वजनिक गरेका थिए । अमेरिकि राष्ट्रपति र क्यानेडाका प्रधानमन्त्री बिच यस बिषयमा सामाजिक सञ्जाल मार्फत दोहोरो बादविवाद समेत भएको थिायो ।
हालै स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका ट्रम्पले अटोमोबाइलमा पनि भारी शुल्क लगाउने चेतावनी दिएका छन् । जी सेभेन सम्मेलन आरम्भ हुनुपूर्व अमेरिकी राष्ट्रपति ट्रम्प मंगलबार सिंगापुरमा उत्तर कोरियाली नेता किम जोङ्ग उनसँगको वार्ताका लागि सिंगापुर प्रस्थान गरेका छन ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५