एकजना बरिष्ठ उत्तर कोरीयाली अधीकारीले हालै अमेरिकी उपराष्ट्रपती माइक पेन्सले अभिब्यक्तीलाई ‘ स्टुपिड’को संज्ञा दिदै हालैको कुटनितीक पहल भंग भए आणबीक प्रदर्शनकीको खतरा समेत भएको चेतावनी दिएकी छन् । चोन सुइ होइले प्योंगले अमेरिकाका संग वार्ताको भिख नमागेको र वार्ताका लागि सम्झाइ रहन आबस्यक नरहेको बताएकी छन् ।
पछिल्लो समय दुवै पक्षले १२ जुनमा तय भएको ट्रम्प किम वार्ता सर्न सक्ने या भंग पनि हुन सक्ने बताउदै आएकी हुन् । सांकेतीक रुपमा आणबीक कुरा मात्र गर्न खोजेको हो भने वार्ताको बारे प्योंगंयोगले पुर्नविचार गर्न सक्ने उनले बताएका छिन् । मंगलबार मात्र ट्रम्पले वार्ताका लागि उत्तरकोरियाले पूर्वसर्तहरु मान्नु पर्ने बताएका थिए ।
पछिल्लो दशक अमेरिकासंगको थुप्रै कुटनैतीक वार्तामा संलग्न चोन सुइले स्टेट न्युज एजेन्सी केसीएनएमा लेखेकी छन्, की केही दिन अघि पेन्सले उत्तरकोरियापनि लिबिया जस्तै सकिन सक्ने भनेर गरेको अभिब्यक्तीलाइृ बेग्लै खाले र हेपाहा रहेको जनाएकी छिन् । उनले उपराष्ट्रपतीकै यस खाले अभिब्यक्तले आफू ब्यक्त गर्नै कठिन हुने खालको आश्चर्यमा परेको समेत उनले बताइन् ।
उनले वार्ताको भिख नमागेको बताउदै वार्तामा आउने या दुइ पक्षिय आणबीक हतियार प्रदर्शन गर्ने त्यो कुरा अमेरिकामा भर पर्ने जानएकी छिन् । त्यसोत अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोहन बोल्टन पनि लिबिया मोडलको अणु निशशस्त्रीकरणको कुरा गरे पछि प्योंगयोंग संग रिसाएका थिए । –एजेन्सी
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५