अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले निर्धारित मितिमा उत्तरकोरियासंग वार्ता हुनेमा शंका व्यक्त गरेका छन् । यसअघि ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले १२ जुनमा सिंगापुरमा भेटवार्ता गर्ने तय गरेका थिए । तथापी एकपक्षीय रुपमा निःशस्त्रीकरण गर्न शर्त राखिएको भन्दै उत्तर कोरियाले वार्तामा बस्न असन्तुष्टि जनाउँदै आए पछि ट्रम्पले पनि यस्तो शंका ब्यक्त गरेका हुन् ।
ट्रम्पले उत्तर कोरियाले शर्तहरु पूरा नगरे सो शिखर वार्ता नहुने जनाएका हुन् । अमेरिका र उत्तरकोरियाको द्वन्द्व मिलाउन मध्यस्थकर्ताको भूमिकामा रहेका दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन भने सो वार्ता गराउन अझै प्रयासरत छन् । ट्रम्पले उत्तरकोरियाली नेता किमको प्रश्ुतुती उनले चिन भ्रमण गरे पछि फेरिएको बताएका छन् । –एजेन्सी
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५