१०, फागुन, ललितपुर । नेपाल पत्रकार महासङ्घ, ललितपुर र यसको नेतृत्वको कार्यशैलीले महासङ्घको साझापन कायम नरहेको र भविष्यमा पनि कायम रहनेमा विस्वास गुमेको भन्दै प्रेस चौतारी ललितपुरले महासङ्घ नेतृत्वलाई फागुन १० गते ध्यानाकर्षण गराएको छ । महासङ्घका जिल्ला अध्यक्ष लेखनाथ न्यौपाने कार्यरत सञ्चार माध्यामको कार्यालय, अनामनगर पुगेर चौतारीको टोलीले ध्यानाकर्षण पत्रमार्फत महासङ्घलाई साझा बन्न आग्रह गरेको हो । स्मरणीय के छ भने महासङ्घ ललितपुरको कार्यालय बैठकका बेलामा कहिलेकाँही मात्रे खुल्ने गरेको छ । प्रायः बैठकहरू पनि कार्यालय बाहिर नै बस्ने गरेको महासङका सदस्यहरूले बताउँदै आएका छन् ।
जिल्लामा श्रमजिवी पत्रकारका नाममा गैरपत्रकार लाई सदस्यता वितरणको सिफारिस गरेको र त्यसको सङ्गठित नेतृत्व महासङ्घ ललितपुरबाट भएको आरोप लगाउँदै ध्यानाकर्षा पत्रमा लेखिएको छ- त्यस्तो हुनु दर्भाग्यपुर्ण मात्र नभइ सन्देहात्मक पनि बनेको छ । महासङ्घ ललितपुरको सदस्यता सिफारिसमा एकलौटी निर्णय लिने, जिल्लामा क्रियाशिल पत्रकारहरूका पेशागत सङ्गठनहरूको अस्तित्व अस्वीकार गर्ने जस्ता कार्य जारी छन् । यसको ज्वलन्त उदाहरण नयाँ सदस्य सिफारिसमा अपनाइएको कार्यशैली, जिल्लामा अस्तित्वमै नरहेका पत्रकारका सङ्गठन या निकट पार्टीका नाममा गरिएको सदस्यता सिफारिस जस्ता कुराले थप असन्तुष्टि र आशङ्का मात्र उत्पन्न भएका छैनन् हाम्रो सङ्गठनको यस विषयमा गम्भीर ध्यानाकर्षणसमेत भएको छ । -प्रेस चौतारी ललितपुरका अध्यक्ष डिल्ली आचार्यले भने । नेपाल पत्रकार महासङ्घ श्रमजिवी पत्रकारहरुको छाता तथा साझा संगठन रहेको र रहिरहनुपर्ने तथ्यमा बिवाद रहेन ।
महासङ्घ ललितपुर यतिवेला नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि वढिरहेको छ । यो सर्न्ददर्भमा महासङ्घ ललितपुरमा विशुद्ध श्रमजीवी पत्रकारहरूको साझा मञ्चको रुपमा सर्वस्वीकार्य नेतृत्व चयन गर्नु अपरिहार्य आवश्यकता हो । प्रेस चौतारी नेपाल, ललितपुर जिल्ला कमिटी निर्विवाद र र्सवस्वीकार्य नेतृत्व चयन हुनुपर्छ भन्ने मान्यतामा दृढ छ । -ध्यानाकर्षण पत्रमा भनिएको छ । महासङ्घ ललितपुर नेतृत्वले सदस्यता स्थानान्तरणमा देखाएको रबैया पनि खेदजनक भएको चौतारीले जनाएको छ । सङ्गठन विशेषमा आवद्ध रहेकै आधारमा सदस्यता स्थानान्तरण गरेर जिल्लामा आउन चाहने पत्रकारलाई रोक्ने कार्य भएका छन् । जसका कारण कार्यस्थल जिल्ला र आफूलाई पायक पर्ने जिल्लामा सदस्यता स्थानान्तरण गर्न पाउने पत्रकारको बिधानतः र नैर्सर्गिक हकसमेत कुण्ठित गरिएका छन् । -ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । तीन दिनभित्र उल्लेखित मागहरूको उचित सम्बोधन नभए प्रेस चौतारीले अप्रीय निर्णय लिने र त्यसको जबाफदेहीता स्वयम् महासङ्घले बहन गर्नु पर्ने अध्यक्ष आचार्यले चेतावनी दिएका छन् । अप्रीय निर्णयबाट उत्पन्न परिस्थितिको सामना गर्न पनि चौतारीले महासङ्घ नेतृत्वलाई चेतावनी दिएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७३