कंगोमा देखिएको इबोलाको संक्रमण अझै ठूलो खतरा नभइसकेकोे बिश्व स्वाथ्य संगठनले जनाएको छ । बिश्व स्वास्थ्य संगठनले इबोला नियन्त्रणमा आउन सक्ने जनाएको छ । हालसम्म ४५ जनामा संक्रमण देखिएको छ भने २५ जनाको ज्यान गइसकेको छ । कत्तै राजधानी किनसासामा त यो रोगको संक्रमण फैलने त होइन, भन्ने चिन्ताले सताएको छ । स्वास्थ्य संगठनले प्रतिबन्ध लगाइएको क्षेत्रमा कसैलाई पनि नजानका लागि सर्कुलर जारी गरेको छ ।
परिक्षणको अबस्थामा रहेको भ्याक्सीनको पनि प्रयोग हुन थालेको छ । इबोला प्रभावित क्षेत्रको जिवन यापनको शैली फेरिएको छ । एकआपसमा हात मिलाउने क्रम पनि धेरैले बन्द गरेका छन् । बन्यजन्तुको मासु खान बन्द भएको छ । एमबान्डाकाका रेस्टुरेन्टहरुमा ग्राहक प्रबेश गर्ने वित्तिकै हात धुनका लागि साबुन उपलब्ध गराइने छ ।
बुधबार मात्र बिश्व स्वास्थ्य संगठनले केनसासामा परिक्षणको क्रममा रहेको भ्याक्सीन ४ हजार डोज उपलब्ध गराइएको छ । यो भ्याक्सीन सुरक्षित राख्नका लागि ६० देखि ८० डिग्री सेल्सीयसमा राख्न जुरुरी रहेको छ । इबोला संक्रीतसंग संसर्ग रहेका ४ हजारको परिष्क्षण गर्न आबस्यक रहेको जनाइएको छ । –एजेन्सीको सहयोगमा
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०७५