भारतको कर्नाटक राज्यमा सरकार निर्माणका लागि भारतको सर्वोच्च अदालतले अनुमति दिएपछि भारतीय जनता पार्टी ( विजेपी)को नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ । आफूसँग बहमत रहेकोले सरकार बनाउन पाउनुपर्ने भन्दै भारतीय राष्ट्रिय काँग्रेसले आफ्नो पक्षमा सरकार निर्माण गर्न दिन माग गर्दै सर्वोच्चमा रिट हाले पनि सर्वोच्च अदालतले भने काँग्रेसको रिट खारेज गर्दै विजेपीलाई सरकार निर्माण गर्न अनुमति दिएको हो ।
कर्नाटक राज्यमा हालै सम्पन्न विधान सभाको निर्वाचनमा काँग्रेस ७८ मा सिमीत भएको थियो । कुल २२४ स्थान मध्य विजेपीले १०४ स्थानमा जित हात पारेको थियो । कसैको पनि आवश्यक बहुमत प्राप्त नभएपछि भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय काँग्रेसले नै सरकार निर्माणका लागि दाबी गरेका थिए । विजेपीले बिहिबार नै सरकार गठन गरे पनि१५ दिनभित्रमा विश्वासको मत लिन आबस्यक छ । जुन चुनौतीपूर्ण रहेको जनाइन्छ ।( एजेन्सी)
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५