काठमाडौं । कंगोमा फैलीएको इबोलाको संक्रमण नियन्त्रण भन्दा बाहीर जाने आशंका हुन थालेको छ । १० लाख जनसंख्यामा भएको एमबान्डाकामा पहिलो पटक इबोलाको संक्रमण देखा परेको थियो । कंगोमा स्वस्थ्मन्त्री ओली लुंगा कालेन्गाले ४२ संक्रमित ब्यक्ति भेटीएको र यी मध्य २३ जनाको निधन भइसकेको र यसले भयाबह अबस्था ल्याउन सक्ने भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।
पश्चिम अफ्रिकाको समस्या बनेको यो रोग चिकित्सा क्षेत्रका लागि समेत नया चुनौती बनेको छ । रुघाँको जस्तै लक्षण देखिनो यो रोग लागे पनि शरिरको आन्तरिक भागमा ‘ब्लीडिङ ’ हुने गर्छ । सुरुमा ज्वरो आउने, मांशपेसी दुख्ने, कमजोर हुने र घाटीँ दुख्ने लगायतका लक्षणहरु देखा पर्ने गर्छन् । अर्को चरणमा वान्ता आउने र झाडा पखाला लागने हुन्छ । अनी त्यस पछि हुने ‘ब्लीडिङ ’ ले बिस्तारै मृत्युको मु्खमा समेत पु¥याउन सक्छ । संक्रमण भएका जनावारसंगको संसर्गा मानीस पुगेमा यसले मानीसलाई पनि असर गर्ने हो । यसको सुरुवाती चरण दुइ देखि तिन दिनसम्मको हुन्छ । यस विचमा उपचार नगरिए यस पछि उपचार सम्भब छैन । सही बद्धती नअपनाए यसको उपचार गर्ने चिकित्सक समेत जोखीममा पर्न जान्छन् ।
किन डरलाग्दो छ इबोला ? बिश्व स्वास्थ्य संगठनले सन् २०१४ मै गुयना, लायबेरिया, सियरा लियोन र नाइजेरियामा गरेर ३८५० जनाको ज्यान गएको जनाएको थियो । बर्षाले प्रभावित हुने मध्य र पीश्चम अफ्रिकामा इबोलाको प्रकोप धेरै देखिएको छ । सन् १९७६ मा कंगोमा देखिएको यो रोगको संक्रमणले पछि युगान्डा र सुडानमा धेरै प्रभाव पा¥यो । एक स्पेनकी एक नर्समा संक्रमण देखिए पछि पीश्चम अफ्रिका भन्दा बाहीर पनि यसको असर देखिएको थियो । मिसनको सवालमा अफ्रिका आएका दुइ स्पेनीस निगरिकको समेत निभन भएको थियो ।
सजिलै सर्न सक्छ यो भाइरस : इबोलाको भाइसर कत्ति सम्बेदनसील हो भने शशीरमा छुदा पनि पसिना र कुनै नि तरल पदार्थबाट यो सनृ सक्छ । अफ्रिकामा ‘ हग ’ गर्ने चलन बढी भएका कारण हग गरेकै कारण यो सर्ने सम्भावना त छदैछ । इबोला भएका ब्यक्ति मर्नु अघि रगत बग्ने भएका कारण मृत्यु संस्कारका लागि पनि सचेत रहनु जरुरी मानीन्छ ।
यो रोगबाट बच्नका लागि कुनै पनि कुरा जस्तै कुनै लुगा र रुमाल समेत सेयर गर्नु हेदैन । इबोला पिडितको नजसिक जादा पनि ग्लोब्स र माक्स लगायतको प्रयोग जरुरी मानीन्छ । साथै केही समयको अन्तरालमा हात धुन जरुरी मानीन्छ ।
यो रोगबाट बच्ने कुनै भ्याक्सीन छैन । तर, रोग लागेको सुरुवातमै उपचार गरेमा बच्न भने सम्भब छ । सामानयतयाः प्रमाणीत औषधीको रुपमा जेडम्याप प्रयोग गरिन्छ । यसको प्रयोगले दुइ जना युएस भोलीन्टीयर र एक बेलायती नागरिकको उपचार भए पनि उक लायबेरियाका चिकित्सक र स्पेनका पुरोहितको निधन भएको थियो । इबोला भएका ५० देखि ६० प्रतिसत ब्यक्तिको मृत्यु हुने गरेको छ । ( एजेन्सीको सहयोगमा)
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५