पछिल्लो समय प्रधानमन्त्री नरेन्द्र सिंह मोदी र भारतीय जनता पार्टीको पक्षमा जनलहर चलीरहेको समयमा दक्षिण भारतको प्रबेशद्धार कर्नाटाकमा भएको निवार्चनमा समेत विजेपी पहिलो दल बनेको छ । विजेपी १०४ सिटमा जितको नजीक छ । यस अघि कांग्रेसको प्रभाव मानीएको यो प्रदेशमा विजेपी पहिलो दल बने पनि बहुमत प्राप्त गर्न असफल भएको छ । निर्वाचनमा कांग्रेस र जेडिएस विच गठबन्धन भएको थियो ।
यसै बर्ष भएको राजस्थानको दुइ क्षेत्रमा भएको उपनिर्वाचन मार्फत विजेपीको दुइ सिट कांग्रेसको पक्षमा गए पछि मोदीको लोकप्रीयताका आशंका सुरु भएको थियो । यस पछि भएको गोरखपुर र फुलपुरको उप निर्वाचनमा विजेपी फेरी पराजित भए पछि यसले काग्रेसी नेतृत्वलाई उत्साहित तुल्याएको थियो । त्रीपुरामा विजेपीले जित हात पारे पनि यस जितलाई सामान्य जितको रुपमा प्रचार पनि गरिएको थियो ।
यसै निर्वाचनमा कांग्रेसको चुनावी लगाम राजिव गान्धी तथा विजेपीकोे लगाम मोदीले सम्हालेका थिए । भारतीय राजनितीका यी दुइ शिर्ष नेता आफै सक्रिय रहेको समयमा विजेपील े जित हात पारे पछि आगामी दिनमा पनि गान्धीले मोदीसंग प्रतिस्पर्धा गर्न कठिन हुने अनुमान हुन थालेका छन् ।
विजेपीबाट टाढीएका शिबसेना लागायतका लागि समेत यस निर्वाचन परिणामले पुर्न विचार गर्न बाध्य पारेको जनाइन्छ । विजेपीको प्रदेशर सरकार रहेको छत्तिसगढ ,मध्यप्रदेश र राजश्थानमा केही समय पछि चुनाब हुदैछ । यी मध्य राजस्थान विजेपीको लागि कठिन मानीन्थ्यो । यो जितले राजश्थानमा समेत मोदीको प्रभाव बढ्ने अनुमान गर्न थालीएको छ । ( एजेन्सी)
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५