१० फागुन, सप्तरी । नेकपा एमाले र युवा संघ नेपाल जिल्ला कमिटीको आयोजनामा सप्तरीमा मेची–महाकाली अभियान सम्पन्न गर्नको लागि वुद्दिलाल यादवको संयोजकत्वमा स्वयंसेवक युवा परिचालन कमिटी गठन गरेको छ । पार्टी स्थायी कमिटी सदस्य एवं पुर्वमन्त्री सत्यनारायण मण्डलको प्रमुख आतिथ्यता र संघका उपाध्यक्ष रमेश पौडेल र सचिव माधव वास्तोलाको बिशेष उपिस्थितिमा भएको भेलाले ६०१ सदस्यीय स्वयंसेवक युवा परिचालन कमिटी गठन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि मण्डलले राष्ट्र, राष्ट्रियता, सार्वभौमतालाई जोगाउन राष्ट्रवादी मधेशी जनता एमालेमा रहेका छन् एमालेलाई वाजा वजाएर हैन, एमालेले सनाई वजाएर राष्ट्रघातीहरुलाई मधेशवाट लखेट्ने दाबी गर्नुभयो । विशेष अतिथि पौडेलले २४ गतेको विशाल जनसभामा संघ लालसेनाको रुपमा लागिपर्ने बताउनुभयो । संघका सचिव माधव वास्तोलाले मेची–माहाकाली अभियानले तराईमा सुनामी ल्याउने बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७३