काठमाडौँ । झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण राजीतिक उद्देश्य पूर्तिका लागि चोरी गरेको आरोप लागेको क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ ।
फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी सम्बन्धी विवादको केन्द्रमा रहेको राजनीतिक परामर्श दिने एप्लिकेशन क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको हो ।
झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण राजीतिक उद्देश्य पूर्तिका लागि चोरी गरेको आरोप लागेको क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ ।
फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी सम्बन्धी विवादको केन्द्रमा रहेको राजनीतिक परामर्श दिने एप्लिकेशन क्याम्ब्रिज एनालिटिका अब बन्द हुने भएको हो । एनालिटिकाले आफ्ना क्लाइन्टका लागि गैरकानुनी रुपमा फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी गरेको आरोप छ ।
फेसबुकका अनुसार ८ करोड ७० लाख भन्दा बढी आफ्ना प्रयोगकर्ताको व्यक्तिगत विवरण एनालिटिकाले राजनीतिक परामर्शका लागि प्रयोग गरेको जनाइसकेको छ ।
फेसबुकले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ र अनुसन्धान जारी रहने जनाएको छ । वास्तवमा के भएको थियो भन्ने जानकारी खोजका लागि भइरहेको आफूहरुको अनुसन्धान नरोकिने फेसबुककी प्रवक्ताले बताएकी छन् । सम्बन्धित क्षेत्रका अधिकारीसँगको सहकार्यमा अनुसन्धान जारी रहने फेसबुकले उल्लेख गरेको छ ।
क्याम्ब्रिज एनालिटिकाले आफ्नो वेबसाइटमा प्रेस विज्ञप्ति निकालेर एनालिटिका बन्द हुन लागेको जनाएको छ ।
गएको केही महिनादेखि आफ्नो संस्था आधारहिन विविध आरोपबाट घेरिएको उसले दाबी गरेको छ ।
कम्पनीले आफ्नो छवी सुधारका लागि प्रयास गरेको तर सफल हुन नसकेको उल्लेख गरिएको छ । राजनीतिक तथा व्यवसायिक क्षेत्रको अनलाइन विज्ञापनको क्षेत्रमा गरिएका कामको छवी सुधारको प्रयास आफूहरुले गरेको एनालिटिकाले उल्लेख गरेको छ ।
पछिल्ला आरोपका कारण कम्पनीका अधिकांश प्रयोगकर्ता तथा विज्ञापनदाताहरु पर भागेकाले बन्द गर्नु पर्ने अवस्था आएको एनालिटिकाले उल्लेख गरेको छ । यसले गर्दा आफूहरु क्याम्ब्रिज एनालिटिका बन्द गर्ने निर्णयमा पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एनालिटिकाले आफ्ना क्लाइन्टका लागि गैरकानुनी रुपमा फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी गरेको आरोप छ ।
फेसबुकका अनुसार ८ करोड ७० लाख भन्दा बढी आफ्ना प्रयोगकर्ताको व्यक्तिगत विवरण एनालिटिकाले राजनीतिक परामर्शका लागि प्रयोग गरेको जनाइसकेको छ ।
फेसबुकले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ र अनुसन्धान जारी रहने जनाएको छ । वास्तवमा के भएको थियो भन्ने जानकारी खोजका लागि भइरहेको आफूहरुको अनुसन्धान नरोकिने फेसबुककी प्रवक्ताले बताएकी छन् । सम्बन्धित क्षेत्रका अधिकारीसँगको सहकार्यमा अनुसन्धान जारी रहने फेसबुकले उल्लेख गरेको छ ।
क्याम्ब्रिज एनालिटिकाले आफ्नो वेबसाइटमा प्रेस विज्ञप्ति निकालेर एनालिटिका बन्द हुन लागेको जनाएको छ ।
गएको केही महिनादेखि आफ्नो संस्था आधारहिन विविध आरोपबाट घेरिएको उसले दाबी गरेको छ ।
कम्पनीले आफ्नो छवी सुधारका लागि प्रयास गरेको तर सफल हुन नसकेको उल्लेख गरिएको छ । राजनीतिक तथा व्यवसायिक क्षेत्रको अनलाइन विज्ञापनको क्षेत्रमा गरिएका कामको छवी सुधारको प्रयास आफूहरुले गरेको एनालिटिकाले उल्लेख गरेको छ ।
पछिल्ला आरोपका कारण कम्पनीका अधिकांश प्रयोगकर्ता तथा विज्ञापनदाताहरु पर भागेकाले बन्द गर्नु पर्ने अवस्था आएको एनालिटिकाले उल्लेख गरेको छ । यसले गर्दा आफूहरु क्याम्ब्रिज एनालिटिका बन्द गर्ने निर्णयमा पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०७५