–प्रदीप तिमल्सिना
त्रिभुवन विश्वविद्यालयले आगामी फाल्गुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने तयारी गरेको छ । विश्वविद्यालयको उक्त कार्यतालिकासंगै विभिन्न राजनीतिक दलहरुका विद्यार्थी संगठनहरु चुनावमा होमिएका छन् र परिणाम स्वरुप विभिन्न क्याम्पसहरुमा अहिले चुनावको माहोल र चहलपहल तीब्र भएको छ । विभिन्न राजनीतिक घटनाक्रम र विद्यार्थी संगठनहरुबीचको आपसी असमझदारीका कारण पछिल्लो ८ बर्षमा स्ववियु चुनाव हुन सकेको छैन त्यसैले यसपटक हुन गैरहेको स्ववियु चुनावलाई महत्वको साथ हेरिएको छ ।
२८ वर्ष उमेरको हदबन्दी लगाएर हुन गैरहेको स्ववियु चुनावमा कुन संगठन पहिलो हुन्छ भन्ने विभिन्न खालका अड्कलबाजीहरु चलिरहेका बेला यसपटकको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दोस्रो ठुलो दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु पहिलो हुने संकेत देखिएको छ यसका पछाडी अनेरास्वबियुले विद्यार्थी हकहितका लागि गरेका काम अनेरास्ववियुले लिएको नीति र एजेन्डाहरुलाई जस जान्छ ।
हालसालै शैक्षिक प्रमाणपत्र धितो राखी विद्यार्थीहरुलाई शैक्षिक ऋण दिनुपर्ने कुराको अनेरास्ववियुले जोडदार माग गरेको थियो र परिणाम स्वरुप आफ्ना पार्टीका नेता बिष्णु पौडेल अर्थमन्त्री हँुदा उक्त कुराको कार्यन्वयन भएको थियो त्यसैगरी सार्वजनिक सवारीसाधनमा विद्यार्थीहरुलाई ४५५ सहुलियत दिने कुराको अगुवाई अनेरास्ववियुले गरेको इतिहास छ । नविना लामा अध्यक्ष रहेको यो गौरवशाली संगठनको स्थापना वि.स. २०२२ साल जेष्ठ १ गते भएको हो । नेपालमा महिला अध्यक्ष रहेको एकमात्र विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थी हक अधिकारका साथै महिला हक अधिकारका पक्षमा पनि आवाजहरु उठाउने गरेको छ ।
एक वर्ष पहिले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हँुदा भारतले नेपालमाथि लगाएको नाकाबन्दी र उहाँले देखाएको देशभक्तिको अडानका साथै नेपाली जनताले पाएको दुखकोबिरुद्ध अनेरास्ववियुले राष्ट्रिय स्वाभिमानको रक्षा गर्न खबरदारी गरेको थियो । नाकाबन्दीको डटेर गरेको सामनाले आम जनता र बिद्यार्थी मन जित्न सफल भएको छ । त्यहीमात्र हैन सीमा मिचिँदा सीमा पुगी खबरदारी गर्ने, मूल्यबृद्धि हुँदा जनता मारमा पर्ने भन्दै खबरदारी गर्ने, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको रक्षाको लागि लड्ने नेपालको एकमात्र बिद्यार्थी संगठन अनेरास्ववियु हो ।
विद्यार्थी हकहितको साथै आम युवाहरुमा देशभक्ति भावना र राजनीतिक चेतना फैलाउने काम अनेरास्ववियुले गरेको पाइन्छ सधै विद्यार्थीको माझ जाने विभिन्न सिर्जनात्मक कामहरु गर्ने गरिव र जेहेन्दार विद्यार्थीहरुलाई विशेष कार्यक्रममार्फत छात्रवृति पर्दान गर्नुका साथै उनीहरुका समस्याहरु सुनी क्याम्पस प्रशासन मार्फत समस्या समाधान गर्न हरकदम साथ दिने संगठन अनेरास्ववियुलाई यसपटकको स्ववियु चुनावमा प्रथम हुन कसैले रोक्न नसक्ने स्पष्ट आधारहरु रहेका छन । जुन माथि उल्लेख गरिएको छ । चुनावका समयमा मात्र नभइ अन्य समयमा पनि क्याम्पसहरुमा आफ्नो गतिबिधिलाई निरन्तरता दिएका कारण धेरै विद्यार्थीको रोजाईमा अनेरास्ववियु रहने निश्चित छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७३