६ फागुन, काठमाडौँ । नेपाल पत्रकार महासंघमा प्रेस युनियने गाएको ताला खुलेको छ । नेपाल पत्रकार महासंघका प्रतिनिधि र प्रेस युनियनका प्रतिनिधिका बीचमा पटक पटक भएको छलफलपछि शुक्रबार ताला खुलेको हो । ताला खुलेसँगै भोलि पूर्वी क्षेत्र अर्थात तत्कालीन पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गतका जिल्लाहरुमा अधिवेशन हुने भएको छ । विगत पाँचदिनदेखि लागेको लाता शुक्रबार दिउँसो खुलेको हो । सदस्यताको समस्या रहेको १५ जिल्लाको विवाद सहमतिमा टुंग्याइने भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्टले प्रेस युनियनले लगाएको ताला खोलेको जानकारी दिनुभयो । उहाँले शनिबारदेखि महासंघका सबै जिल्लामा पूर्व निर्धारित कार्यक्रम अनुसारै अधिवेशन हुने बताउनुभयो । प्रेस युनियनका सचिव खिला कार्कीले विवादित १५ जिल्लाको सदस्यताको टुंगो महासंघको सचिवालय बैठकले सहमतिमा टुंगो लगाउने समझदारी भएको बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७३