न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यको पार्कल्याण्डस्थित एक हाइस्कुलमा मच्चिएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएको छ।
पार्कल्याण्डस्थित स्टोनमेन डगलस हाइस्कुलमा बुधबार दिउँसो करिब साढे दुई बजे स्कुल छुट्टी हुने समयमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए ।
गोली लागेर १७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन्। घाइते भएका दर्जनौं विद्यार्थीलाई अस्पताल लगिएको छ। बन्दुकधारी सोही स्कुलका पुर्व विद्यार्थी १९ वर्षीय निकोलस क्रुज रहेको सुरक्षा अधिकारीहरुले जनाएका छन्।
स्कुल रहेको ब्रोवार्ड काउन्टीका प्रहरी अधिकारी स्कट इजरायलका अनुसार बन्दुकधारीको साथमा कम्तिमा एउटा राइफल र दर्जनौं म्यागाजिन थिए। बन्दुकधारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
बन्दुकधारी क्रुजलाई अनुशासनहिन भएको भन्दै उक्त स्कुलबाट निकालिएको सुरक्षा अधिकारीले जनाएका छन्।
प्रकाशित मिति: बुधबार, फागुन २, २०७४