काठमाडौं । हङकङमा शनिबार भएको दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको छ । चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ ।
शाटिनबाट ताईपोतर्फ हिँडेको बस ताइपोमा पुगेपछि दुर्घटना भएको थियो । दुर्घटनामा १५ जना पुरुष तथा तीन महिलाको घटनास्थलमा नै निधन भएको बताइएको छ ।
उद्धारकर्मीले दुर्घटनामा क्षतिग्रस्त बसको माथिल्लो भाग काटेर बसमा फसेका अन्य यात्रुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएका छन् । घानाको अनुसन्धान शुरु गरिएको छ ।
घाइतेलाई भेट्न हङकङका कार्यकारी प्रमुख लाम चेङ युएट ङोरले विरामीहरूलाई उपचार सेवा दिइराखिएको प्रिन्स अफ वेल्स अस्पताल पुगेका थिए ।
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४