भियना । सिरियामा जारी हिंसाको शान्तिपूर्ण निकासका लागि संयुक्त राष्ट्रसंघले पुनः वार्ताको प्रयास सुरु गरेको छ । वार्ता प्रयासलाई राष्ट्रसंघले सिरियाका लागि गरिएको एक अन्तिम आशाका रूपमा लिएको राष्ट्रसंघीय अधिकारीले जनाएका छन् ।
भियनामा केही दिनयतादेखि सिरियाको विपक्षी समूह, राष्ट्रपति बसर अल असदका पक्षधरहरूका साथै राष्ट्रसंघीय अधिकारीहरूसँग वार्ता भएको थियो । सुरुमा वार्तामा बस्न असहमत भएको सिरियाली विपक्षी समूहका प्रतिनिधिहरू पनि यस भियनामा भएका यी त्रिपक्षीय वार्ताहरूपछि वार्ताका लागि सहमत भएका बताइएको छ ।
सिरियाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि स्टेफन डी मिस्टुरासमेत भियना वार्तामा संलग्न थिए । उनले सिरियाली सरकारी र विपक्षको सहमतिमा यो वार्ताका लागि वातावरण बनेको बताएका छन् । उनले यसका लागि संयुक्त राष्ट्रसंघले पहल गरेको र वार्ताको संयोजन तथा मध्यस्थता पनि गरिने जानकारी दिए ।
आगामी दुई दिनमा धेरै कुराको सहमति बनि सक्ने एवं सिरियाली सरकार र विपक्षीहरूबीचको शान्तिवार्ताका लागि पनि एक महŒवपूर्ण दिनका रूपमा रहने उनको भनाइ थियो । उनका अनुसार यो एक अन्तिम आशा हो र यसले आगामी दिनमा निर्माण गर्ने वातावरणले सिरियाली नागरिकको भविष्य कोर्ने पनि अपेक्षा गरिएको छ । सिरियामा जारी रहेको करिब पाँच वर्ष लामो युद्धको अन्त्यका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा उनीहरूले छलफल गरेको अधिकारीले जनाएका छन् । एजेन्सी
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४