काठमाडौँ । दक्षिण कोरियाको एक अस्पतालमा भिषण अागलागी भएको छ । अागलागीमा परी कम्तीमा ३३ जना मारिएका स्थानीय समाचार संस्थाहरूले जनाएका छन् ।
राजधानी सोलबाट २७० किलोमिटर दुरीमा रहेको दक्षिण–पूर्वी क्षेत्र मिरर्याङमा रहेको सेजोङ अस्पतालमा अागलागि भएको हो ।
उक्त अस्पतालको भवनमा दुइ सय भन्दा बढी विरामी रहेको र नजिकको नर्सिङ होमबाट करिब ९३ बिरामी उपचारका लागि त्यहाँ ल्याइएको बताइएको छ।
उक्त आगलागीमा ४० जना घाइते भएको र ११ जनाको अवस्था गम्भिर रहेको अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ। राष्ट्रपति मून जाइ इनले घटनापछि अापतकालिन बैठक बोलाएका छन् । अस्पतालमा ३५ जना स्वास्थयकर्मीहरू कार्यरत थिए ।
यसअघि एक महिना अगाडिमात्र कोरियाको जेचोनमा सार्वजनिक जीमहलमा अागलागि हुँदा २९ जनाको ज्यान गएको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४