३० पुस, काठमाडौँ । जापानमा शरणार्थीको श्रम अधिकारमा कटौती हुने भएको छ । भोलि सोमबारदेखि लागू हुने गरी जापानले शरणार्थीको श्रम अधिकारमा कटौती गर्न लागेको हो । त्यहाँको न्याय मन्त्रालयका अनुसार शरणार्थी सम्बन्धी नियममा हुने परिवर्तनहरूले बन्दीगृहमा रहनेहरूको संख्यामा भने भारी वृद्धि हुनेछ । विकसित देशहरूमध्ये सबभन्दा कडा शरणार्थी नीति भएको मानिने जापानको नयाँ निर्णयले चोर बाटोबाट हुने आप्रवासलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: शनिबार, पुस २९, २०७४