३ पुस, काठमाडौँ । भारतको मुम्बईमा रहेको एक पसलमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । सोमबार बिहान मुम्बईको साकी–नाका क्षेत्रको खेरानी रोडमा रहेको पसलमा आगलागी भएको त्यहाँको प्रहरीले जनाएको छ । बिहान साढे ४ बजे लागेको आगोका कारण पसल भित्रै सुतिरहेका १५ कामदार मध्ये १२ जनाको ज्यान गएको र घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २, २०७४