६ मंसिर, काठमाडौँ । भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गरिएको समाचार छ । प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । उनी प्रहरीको गोली लागेर मारिएका बताइएको छ । त्रिपुरा राज्याको प्रहरी प्रमुख कार्यालय, त्रिपुरा स्टेट राइफलमा गएको बेला सोही कार्यालयका प्रहरीले गोली हानेको बताइएको छ । उक्त प्रहरी प्रधान कार्यालय सो राज्यको राजधानी अगरतलाबाट करिब २० किलोमीटर पश्चिममा पर्दछ । समाचारको कामका लागि नै उनी त्यहाँ गएको बताइएको छ । यसरी पत्रकार मारिएपछि उनलाई गोली हान्ने प्रहरी जवानलाई पनि प्रहरी थुनामा लिइएको छ । सुदिप दत्त भौमिक नाम गरेका ४८ बर्षका ती पत्रकार भारतीय दैनिक पत्रिका सिन्दन दैनिकका वरिष्ठ समाचारदाता थिए । उक्त पत्रिका बङ्गाली भाषाको पत्रिका हो । त्रिपुरा प्रहरीले उक्त दुर्घटनाको कारणका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०७४