काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडिको सडकमा यात्रुवाहक बसमा आगलागी भएको छ ।
रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको हो । आगलागीका कारण विद्युत्को पोलमा समेत क्षति पुगेको छ ।
आगलागीको कारण तथा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०८३