२० कात्तिक, काठमाडौँ । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका छन । आक्रमणबाट २६ जना मारिएका छन् । आक्रमणमा २० जना घाइते भएका छन् । आक्रमणमा बन्दुकधारी पनि मारिएको सिएनएनले जनाएको छ । मारिनेमा बालबालिका पनि रहेका छन् । स्थानीय समयअनुसार बिहान करिव ११ः३० बजे प्रार्थना चलिरहेको चर्चमा एक युवा प्रवेश गरी गोली चलाएका थिए । अमेरिकामा अघिल्लो महिना लस भोगसमा एक सांगीतिक कार्यक्रममा गोली चल्दा ५८ जनाको मृत्यु भएको थियो । अमेरिकी राष्ट्रपतिको कार्यालयले घटनाको निन्दा गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०७४