१२ कात्तिक, काठमाडौँ । सोमालियाको राजधानी मोगादिशुमा दुई शक्तिशाली बम विष्फोट हुँदा १४ जनाको ज्यान गएको छ । दुई हप्ता अघि मोगादिशुमै भएको विष्फोटमा ३५० को मृत्यु भएको थियो । दुबै विष्फोटको जिम्मा इस्लामिक चरमपन्थी संगठन अल–शबाबले लिएको छ । मोगादिशुमा प्रान्तीय नेताहरु सरकारसँग मिलेर अल शबाबविरुद्ध रणनीति बनाउन एकजुट भएको बेला पछिल्लो धमाका भएको हो । प्रान्तीय नेताहरुसँग आइतबार बैठक बस्दैछ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४