१० कात्तिक, काठमाडौँ । गएको वर्ष निधन भएका थाईल्याण्डका नरेशको बिहीबार एक वर्षपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । सात दशकसम्म गद्दीमा रहेका नरेश भूमिबोलको गएको वर्ष अक्टोबरमा ८८ वर्षका उमेरमा निधन भएको थियो । अन्त्येष्टि समारोहमा लाखौँ नागरिक सहभागी भएर स्वर्गीय नरेश भूमिबोल अदुल्यादेजप्रति अन्तिम श्रद्धान्जलि व्यक्त गरेका छन् । दाहसंस्कारस्थल तर्फ लैजाँदै गर्दा हजारौँ थाई नागरिकहरुले सडकको दुवैपट्टिबाट दिवंगत नरेशप्रति श्रद्धान्जलि दिएका हुन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०७४