८ कात्तिक, काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (प्रमुख) एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको अर्काे पाँचबर्षे कार्यकालका लागि पनि निर्वा्चित भएका छन । राजधानी बेइजिङ्मा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले उनार्ई सो पदमा पुन अर्काे पाँच बर्षका लागि निर्वा्चित गरेको हो । सो महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बुधबार मतदान गरी सीलाई अर्काे पाँच बर्षे कार्यकालका लागि पनि पार्टीको महासचिव चयन गरेका हुन । चिनियाँ समाचार समिति, सिन्ह्वाले दिएको जानकारीअनुसार चीनको सबैभन्दा शक्तिशाली उक्त पदमा उनलार्ई बुधबार बिहान बन्द कोठाभित्र भएको मतदानले निर्वा्चित गरेको थियो । सो महाधिवेशनले नै हिजो आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरु पनि नियुक्त गरेको थियो । गएको करिब हप्तादिनदेखि बेइजिङ्मा जारी पार्टीको महाधिवेशनमा उनीँ एकपछि अर्काेगरी शक्तिशाली भएका उदाहरणहरु पनि प्रस्तुत भएका थिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०७४