८ कात्तिक, काठमाडौँ । एक जना प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि रसियाली झण्डा प्रहार गरेका छन । र्यान क्लेटन नाम गरेका प्रदर्शनकारीले ‘ट्रम्प देशद्रोही हुन’ भन्दै ट्रम्पमाथि रसियाली झण्डा प्रहार गरेका हुन । क्यापिटल हिलमा रिपब्लिकन पार्टीका सिनेटरहरुसँगको बैठकका लागि प्रवेश गर्दै गरेका राष्ट्रपति ट्रम्पमाथि उनले झण्डा फ्ँयाकेका हुन् । ३६ वर्षीय क्लेटनलाई यसअघि पनि गैरकानूनी आचरणको आरोप लागेको थियो । क्लेटन ट्रम्प विरोधी संस्था ‘अमेरिकन्स टेक एक्सन’ सँग जोडिएका व्यत्ति भएको प्रहरीले जनाएको छ । क्लेटनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।
भिडियो यहाँ हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०७४